काठमाडौँ । आज सुनको मूल्य बढेको छ।
सोमबारदेखि बिहीबारसम्म चार हजार रुपैयाँ घटेको सुनको मूल्य गएको शुक्रबार भने प्रतितोला सातसय रुपैयाँ बढेको थियो। आज पनि सुन प्रतितोला तीनसय रुपैयाँले बढेको हो।
मूल्य बढेर आज सुन तोलाको एकलाख ८८ हजार आठसय रुपैयाँमा किनबेच भइरहेको छ।




