आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

ट्रेड टावरको आईपीओमा आवेदन दिने समय थपियो

ट्रेड टावरको आईपीओमा आवेदन दिने समय थपियो

सजिलो पाना
सोमवार, जेठ १९ २०८२
सजिलो पाना
सोमवार, जेठ १९ २०८२
  • काठमाडौं ।  ट्रेड टावर लिमिटेडको आइपीओमा आवेदन दिने समय थपिएको छ । 

    आईपीओमा आवेदन दिने समय भोलि जेठ २० गतेसम्मका  लागि थपिएको हो । जेठ १८ गते नेपाल सरकारले भोटो जात्राको लागि उपत्यकामा बिदा दिएसँगै आईपीओमा आवेदन दिने समय एक दिन थप गरेको बताइएको छ ।

    कम्पनीले जेठ १४ गतेदेखि प्राथमिक साधारण सेयर निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरिसकेको छ । 

    कम्पनीले आफ्नो जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये अब कम्पनीले ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ३२ लाख ९६ हजार ५०५.१९ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

    कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ लाख ९७ हजार १६९.३० कित्ता, सामूहिक लगानी कोषहरुका लागि १ लाख ९८ हजार ५८४.६५ कित्ता र कर्मचारीहरुका लागि ७९ हजार ४३३.८६ कित्ता सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij