काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार ४०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। आज १० ग्राम सुनको मूल्य दुई लाख ५८ हजार ८३० रुपैयाँ कायम भएको छ।
यता, चाँदीको मूल्य पनि आज प्रतितोला ३५ रुपैयाँले घटेर चार हजार ६९० रुपैयाँ कायम भएको हो ।




