काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय कुलेश्वर मार्फत श्री कुलेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनी रहेका विद्यार्थीहरुलाई शैक्षिक तथा आवश्यक सामग्री वितरण गरेको छ ।
बैंकका काठमाडौ क्षेत्र प्रमुख केदार नाथ शर्माले विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए । बैंकले विद्यार्थीहरुको पठनपाठनमा सहजता पु-याउने उद्देश्यले स्टेशनरी तथा शैक्षिक सामाग्रीहरु, स्कुल ब्याग, स्कुल ड्रेस र हाउस ड्रेस, जुत्ता तथा अन्य आवश्यक सामग्रीहरु वितरण गरेको हो ।
साथै, विद्यार्थीहरुलाई उक्त शैक्षिक तथा आवश्यक सामाग्री हस्तान्तरण गर्दै बैंकका काठमाडौं क्षेत्र प्रमुख शर्माले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको र आर्थिक अभावका कारण आवश्यक शैक्षिक सामाग्रीबाट बञ्चित विद्यार्र्थीरुलाई गरिएको यस सहयोगले उनीहरुको पठनपाठनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
यससँगै बैंकले आगामी दिनहरुमा समेत आवश्यकता र प्राथमिकताका आधारमा यस्ता सामाजिक उत्तरदायित्व मूलक कार्यक्रमहरुलाई निरन्तरता दिने बताए ।




