काठमाडौं । मुलुकमा आइपरेको विषम परिस्थितिप्रति ऐक्यबद्धता जनाउँदै गोल्छा परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ ।
गोल्छा परिवारले आफ्नो परोपकारी संस्था ‘श्री रामलालजी ढापीदेवी गोल्छा च्यारिटी ट्रस्ट’मार्फत सोमबार उक्त रकम सहयोग गरेको हो ।
ट्रस्टका अनुसार देशका विभिन्न भागमा हालै आएको बाढी तथा पहिरोबाट गम्भीर रूपमा प्रभावित समुदायका लागि नेपाल सरकारद्वारा सञ्चालन गरिने आपत्कालीन उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माण कार्यमा उक्त रकम उपयोग हुनेछ ।
विपद्का कारण प्रभावित सम्पूर्ण परिवारप्रति गहिरो सहानुभूति प्रकट गर्दै ट्रस्टले सङ्कटको यस घडीमा राष्ट्रको साथमा उभिने आफ्नो निरन्तर प्रतिबद्धता दोहोर्याएको छ ।




