बुधवार, भाद्र २४ गते २०८३    

बुधवार, भाद्र २४ गते २०८३    

प्रभु बैंकले बन्द गर्दै दुई शाखा कार्यालय

प्रभु बैंकले बन्द गर्दै दुई शाखा कार्यालय

सजिलो पाना
बुधवार, भाद्र २४ २०८३
सजिलो पाना
बुधवार, भाद्र २४ २०८३
  • काठमाडौं । प्रभु बैंकले काठमाडौं र वीरगञ्जमा सञ्चालनमा रहेका दुई शाखालाई अन्य शाखामा गाभ्ने भएको छ ।

    बैंकका अनुसार काठमाडौं महानगरपालिका–१३ स्थित कालिमाटी शाखालाई टेकु शाखामा समायोजन गरिनेछ । त्यसैगरी वीरगञ्ज महानगरपालिकामा रहेको लिंकरोड शाखालाई वीरगञ्ज शाखामा गाभिने भएको छ ।

    दुवै शाखाको कारोबार आगामी मंसिर २४ गतेदेखि सम्बन्धित शाखामा समायोजन भएर सञ्चालन हुने बैंकले जनाएको छ ।

    महानगरपालिकाभित्र रहेका बैंकका शाखा कार्यालयलाई आपसमा समायोजन वा एकीकरण गर्दा नेपाल राष्ट्र बैंकको छुट्टै स्वीकृति लिनुनपर्ने व्यवस्था छ । यही व्यवस्थाअनुसार प्रभु बैंकले एउटै महानगरपालिकाभित्र रहेका दुई–दुई शाखालाई समायोजन गर्न लागेको हो ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij