बुधवार, भाद्र २४ गते २०८३    

बुधवार, भाद्र २४ गते २०८३    

५.९९ प्रतिशत ब्याजदरमा सिटिजन्स बैंकको घर तथा सवारी कर्जा योजना सार्वजनिक

५.९९ प्रतिशत ब्याजदरमा सिटिजन्स बैंकको घर तथा सवारी कर्जा योजना सार्वजनिक

सजिलो पाना
बुधवार, भाद्र २४ २०८३
सजिलो पाना
बुधवार, भाद्र २४ २०८३
  • काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा सुविधा प्रदान गर्ने क्रममा ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने नारासहित नयाँ कर्जा योजना सार्वजनिक गरेको छ।

    बैंकले पाँच वर्षसम्म ब्याजदर स्थिर रहने गरी वार्षिक ५.९९ प्रतिशत ब्याजदरमा ‘सजिलो घर कर्जा’ योजना ल्याएको हो। त्यस्तै, तीन वर्षसम्म ब्याजदर स्थिर रहने गरी वार्षिक ५.९९ प्रतिशत ब्याजदरमा व्यक्तिगत सवारीसाधन कर्जा योजना पनि सार्वजनिक गरिएको बैंकले जनाएको छ।

    यो योजनाअन्तर्गत घर कर्जाको ब्याजदर पाँच वर्ष र सवारीसाधन कर्जाको ब्याजदर तीन वर्षसम्म स्थिर रहनेछ। स्थिर अवधि समाप्त भएपछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १.५५ प्रतिशत प्रिमियम थप गरी ब्याजदर कायम गरिनेछ। योजनामा सहभागी हुन इच्छुक ग्राहकले नजिकैको सिटिजन्स बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन्।

    विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ अवार्ड प्राप्त गर्न सफल बैंकले यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको जनाएको छ।

    त्यस्तै, बैंकले नवयुवालाई लक्षित गर्दै ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ। फ्रिलान्सरलाई लक्षित गर्दै ‘फ्रिलान्सर सेविङ्ग्स अकाउन्ट’ नामक नयाँ बचत खाता पनि सुरु गरिएको बैंकले जनाएको छ।

    बैंकले मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन तथा सीआरएन नम्बरसम्बन्धी सेवा लिन सकिने सुविधा पनि सञ्चालनमा ल्याएको छ। यसका साथै ‘क्रस बैंक टेलर’ सुविधाअन्तर्गत अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकको शाखामा रहेको टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभरका ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ एकाइमार्फत २० लाख ६४ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij