काठमाडाैं । एन आई सी एशिया बैंक लिमिटेड र पानीपोखरी, काठमाडौंस्थित सुक्र हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टरबीच बैंकका ग्राहक महानुभावहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा बैंकको तर्फबाट ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख पुजन लाल अमात्य र सेन्टरको तर्फबाट चिफ अपरेटिङ्ग अफिसर धन्धोज मल्ल ठकुरीले हस्ताक्षर गरे ।
यस समझदारी अनुसार ग्राहकहरुले उक्त सुक्र हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टरमा सेवा लिँदा विभिन्न सेवाहरुमा २५ प्रतिशतसम्म छुट सुविधा उपयोग गर्न सक्नेछ ।
ग्राहकहरुले 25-OH Vitamin D, Bilirubin Total and Direct, Blood Culture & Sensitivity-Bactec, Calcium, Creatinine, Glucose Fasting, Iron Profile, Lipid Profile, Liver Function Test (LFT) जस्ता झन्डै तीन दर्जन सेवाहरुमा २५ प्रतिशतसम्मको छुट सुविधा उपयोग गर्न सक्नेछ ।
यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ्ग सेवा (मोबैंक), डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोग गरी उक्त छुट सुविधा प्राप्त गर्न सक्नेछ ।
उक्त सेन्टरसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई उल्लेखित बमोजिमको Laboratory Test Report मा लाग्ने शुल्कहरुमा छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।




