बिहिवार, भाद्र २५ गते २०८३    

बिहिवार, भाद्र २५ गते २०८३    

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोड जम्मा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोड जम्मा

सजिलो पाना
बिहिवार, भाद्र २५ २०८३
सजिलो पाना
बिहिवार, भाद्र २५ २०८३
  • काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ जम्मा भएको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आज बिहान ९ बजेसम्मको विवरणअनुसार विभिन्न ९ बैंकमा ९ अर्ब १४ करोड ३९ लाख ९८ हजार ५०३ मौज्दात रहेको हो।

    त्यस्तै, कोषका दुई वटा बैंकमा रहेको डलर खातामा दुई करोड १६ लाख ३७ हजार ६९१ अमेरिकी डलर जम्मा भएको छ। नेपाली रुपैयाँ र अमेरिकी डलरको मौज्दात जोड्दा कोषको कुल उपलब्ध रकम १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ पुगेको कार्यालयले जनाएको छ।

    विवरणअनुसार भदौ २५ गते मात्रै नेपालीतर्फ १७ करोड २५ लाख ६९ हजार ६७५ र अमेरिकी डलरतर्फ २ लाख ७४ हजार ६२ डलर थप संकलन भएको छ।

    राहत कोषबाट केही दिनअघि रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत १ अर्ब निकासा गरिएको थियो।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij