आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

यामाहा MT-15 V2 खरिदमा प्रिमियम राइडिङ ज्याकेट उपहार, देशभर अफर सुरु

यामाहा MT-15 V2 खरिदमा प्रिमियम राइडिङ ज्याकेट उपहार, देशभर अफर सुरु

सजिलो पाना
सोमवार, जेठ १९ २०८२
सजिलो पाना
सोमवार, जेठ १९ २०८२
  • काठमाडौं । देशभरका यामाहा ग्राहकलाई लक्षित गर्दै यामाहा नेपाल (एमएडब्ल्यु राइड्स) ले MT-15 भर्सन 2 खरिदकर्ताका लागि एक विशेष र सीमित अवधिको अफर सार्वजनिक गरेका छन्। कम्पनीले निलो र सेतो रंगका MT-15 V2 किन्ने ग्राहकलाई ‘कवच’ ब्रान्डको प्रिमियम राइडिङ ज्याकेट निःशुल्क उपलब्ध गराउने घोषणा गरेको हो।

    यो अफर जेठ १८ गतेदेखि लागू भइसकेको छ र नेपालभरिका यामाहाका आधिकारिक शोरूमहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। नगद भुक्तानी वा किस्ताबन्दी योजनाबाट मोटरसाइकल किन्ने सबै नेपाली ग्राहकलाई यो सुविधा लागू हुनेछ। कम्पनीका अनुसार उक्त राइडिङ ज्याकेट अत्याधुनिक डिजाइन, टिकाउपन, आराम र सुरक्षालाई मध्यनजर गरी निर्माण गरिएको छ, जसले यात्रालाई सुरक्षित र स्टाइलिश बनाउनेछ।

    एमएडब्ल्यु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालले भने, “MT-15 Version 2 स्टाइल, पावर र प्रिसिजन प्रतीक हो जुन गुणहरू नयाँ पुस्ताका नेपाली राइडरहरूसँग मेल खान्छ। यो अभियानमार्फत हामी उनीहरूको राइड अनुभवलाई सुरक्षा र स्टाइलको संयोजनद्वारा अझ माथि लैजान चाहन्छौं। यामाहा एक प्रविधिमैत्री ब्रान्ड हो र एमएडब्ल्यू राइड्स पनि आफ्ना उत्पादन, जनशक्ति र राइडर कम्युनिटीमा लगानी गर्न प्रतिबद्ध छ।”

    एमएडब्ल्यू राइड्स अन्तर्गत सञ्चालित यामाहा नेपाल नेपालकै भरोसायोग्य र उन्नत प्रविधियुक्त दुईपांग्रे ब्रान्ड हो। जापानी इन्जिनियरिङको उत्कृष्टता, भरपर्दो प्रदर्शन र प्रयोगकर्ता केन्द्रित इनोभेसनका आधारमा नेपालको मोटरसाइकल क्षेत्रलाई निरन्तर नेतृत्व गर्दै अगाडि बढाइरहेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij