आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

बजारबाट ७० अर्ब झिक्दै राष्ट्र बैंक

बजारबाट ७० अर्ब झिक्दै राष्ट्र बैंक

सजिलो पाना
सोमवार, जेठ १९ २०८२
सजिलो पाना
सोमवार, जेठ १९ २०८२
  • काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बजारमा बढ्दो तरलता नियन्त्रण गर्न बुधबार एकै दिन ७० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट सङ्कलन गर्ने भएको छ। पछिल्लो समय तरलता अत्यधिक भएको कारण राष्ट्र बैंकले नियमित रूपमा निक्षेप सङ्कलनको प्रक्रिया अगाडि बढाइरहेको छ। यसअघि पनि राष्ट्र बैंकले एकैदिन ८० अर्ब रुपैयाँ सङ्कलन गरेको थियो।

    यसपटक राष्ट्र बैंकले २० दिन अवधिका लागि बोलकबोल (बिडिङ) आह्वान गरेको छ, जसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूले सहभागी हुन सक्नेछन्। बोलकबोलका लागि समय सोमबार दिउँसो ३ बजेसम्म तोकिएको छ।

    बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम पाँच करोड रुपैयाँको गुणा गर्ने हिसाबले बोल गर्न सकिनेछ। 

    सहभागी संस्थाहरूले आफूले राख्न चाहेको रकम र ब्याजदर स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। ब्याजदर दशमलव पछिको चार अंकसम्म उल्लेख गर्न सकिने व्यवस्था छ।

    राष्ट्र बैंकले जानकारी दिएअनुसार सङ्कलित निक्षेपको सावाँ र ब्याज आगामी असार ८ गते भुक्तानी गरिनेछ। ब्याजदर समेत प्रतिस्पर्धात्मक बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij