मंगलवार, आश्विन ६ गते २०८३    

मंगलवार, आश्विन ६ गते २०८३    

प्रतिनिधिसभा बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दै

सजिलो पाना
सोमवार, आश्विन ५ २०८३
सजिलो पाना
सोमवार, आश्विन ५ २०८३
  • काठमाडौं । प्रतिनिधिसभा बैठक बस्ने भएको छ । बैठक सोमबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

    त्यसैगरी, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

    त्यस्तै, बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यसूची रकोको छ । 

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij