शुक्रवार, आश्विन १६ गते २०८३    

शुक्रवार, आश्विन १६ गते २०८३    

ईसेवा र सिटिजन्स बैंकको सहकार्यमा ‘स्वावलम्बन कर्जा’ सुरु

ईसेवा र सिटिजन्स बैंकको सहकार्यमा ‘स्वावलम्बन कर्जा’ सुरु

सजिलो पाना
बिहिवार, आश्विन ८ २०८३
सजिलो पाना
बिहिवार, आश्विन ८ २०८३
  • काठमाडौं । ईसेवा र सिटिजन्स बैंक इन्टरनेसनलको सहकार्यमा अपांगता भएका व्यक्तिलक्षित डिजिटल कर्जा सुविधा ‘स्वावलम्बन कर्जा’ सुरु गरिएको छ । काठमाडौंस्थित भिभान्तामा आयोजित एक कार्यक्रमबीच सुरु गरिएको यस सुविधाले कर्जा लिन आवश्यक लामो प्रक्रिया, कागजी काम तथा भौतिक उपस्थितिलाई सहज बनाउने उद्देश्य राखेको छ ।

    योग्य अपांगता भएका व्यक्तिहरूले ईसेवा एपबाटै कर्जाका निम्ति आवेदन दिन सक्नेछन् । यो सुविधाअन्तर्गत  १० हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म कर्जा लिन सकिने बैंकले जनाएको छ ।

    कर्जाको ब्याजदर वार्षिक ९.९९ प्रतिशत कायम छ । प्रशोधन शुल्क ०.७५ प्रतिशत छ । योग्य प्रयोगकर्ताले ईसेवा एपको गृहपृष्ठमा रहेको ‘स्वावलम्बन कर्जा’ ब्यानरमा क्लिक गरी आवेदन प्रक्रिया पूरा गर्न सक्ने बैंकले जनाएको छ ।

    कर्जाका निम्ति प्रयोगकर्ताको ईसेवा खाता केवाईसी प्रमाणित भएको, नेपाल सरकारबाट जारी अपांगता परिचयपत्र भएको, कम्तीमा ६ महिनादेखि ईसेवा प्रयोग गर्दै आएको तथा तलब वा व्यवसायबाट नियमित आम्दानी हुने हुनुपर्नेछ । कर्जा स्वीकृति सम्बन्धित मूल्यांकन तथा लागु हुने नियम बंैकको सर्तअनुसार हुनेछ ।

    कार्यक्रममा ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले ‘स्वावलम्बन कर्जा’मार्फत डिजिटल प्रविधिको प्रयोग गर्दै अपांगता भएका व्यक्तिहरूका निम्ति कर्जामा पहुँचलाई सरल र सहज बनाउन खोजिएको बताए । “स्वावलम्बन कर्जा एउटा उत्पादन मात्र नभएर एउटा अवधारणाको सुरुआत हो । कुनै पनि व्यक्तिको वित्तीय पहुँच उसको शारीरिक अवस्थाका कारण सीमित हुनु हुँदैन,” उनले भने । 

    सिटिजन्स बैंक इन्टरनेसनलका प्रमुख सञ्चालन अधिकृत रोशन मानन्धरले अपांगता भएका व्यक्तिहरूको औपचारिक कर्जामा पहुँच विस्तार गर्न ईसेवासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।

    “स्वावलम्बन कर्जाले उहाँहरूको व्यक्तिगत तथा आर्थिक आवश्यकतालाई सहयोग गर्ने वित्तीय समाधान उपलब्ध गराउने अपेक्षा गरेका छौँ,” उनले भने, “हामीले केही फरक र नयाँ गरौँ भन्ने सोचिरहेका थियौँ, ईसेवाले ल्याएको यो अभियानमा सहकार्य गर्न पाउँदा अत्यन्तै गौरव लागेको छ ।”

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij