शुक्रवार, आश्विन १६ गते २०८३    

शुक्रवार, आश्विन १६ गते २०८३    

चाडपर्वको अवसरमा ट्रायम्फ मोटरसाइकलले ‘द ग्रेट फेस्टिभल गियर–अप २०८३’ अफर सार्वजनिक

चाडपर्वको अवसरमा ट्रायम्फ मोटरसाइकलले ‘द ग्रेट फेस्टिभल गियर–अप २०८३’ अफर सार्वजनिक

सजिलो पाना
शुक्रवार, आश्विन ९ २०८३
सजिलो पाना
शुक्रवार, आश्विन ९ २०८३
  • काठमाडौं। चाडपर्वको अवसर पारेर ट्रायम्फ मोटरसाइकल नेपालले ‘द ग्रेट फेस्टिभल गियर-अप २०८३’ नामक देशव्यापी अफर सार्वजनिक गरेको छ। दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ल्याइएको उक्त अफर असोज ४ गतेदेखि कात्तिक २९ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।

    अफरअन्तर्गत नेपालभर रहेका ट्रायम्फका शोरुमबाट मोटरसाइकल खरिद गर्ने ग्राहकले विभिन्न सुविधा तथा उपहार प्राप्त गर्नेछन्। यो अफर ट्रायम्फका मोडर्न रेट्रो मोटरसाइकलहरू ट्रायम्फ स्पीड T4, ट्रायम्फ स्पीड ४००, ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्स र ट्रायम्फ स्क्र्याम्बलर ४०० एक्ससी मा लागू हुनेछ।

    कम्पनीका अनुसार अफरअन्तर्गत प्रत्येक मोटरसाइकल खरिदमा सर्टिफाइड राइडिङ ज्याकेट, सर्टिफाइड हेलमेट र फाइल ब्याग उपलब्ध गराइनेछ। साथै, HFL मार्फत मासिक रु. ५,९७६ देखि सुरु हुने न्यूनतम ईएमआई सुविधा पनि उपलब्ध हुनेछ।

    त्यसैगरी, पुरानो मोटरसाइकल साटेर नयाँ ट्रायम्फ खरिद गर्न चाहने ग्राहकका लागि स्पट एक्सचेन्ज सुविधा ल्याइएको छ। HFL सँगको फाइनान्स सहकार्यका कारण ग्राहकले आफ्नो आवश्यकता र क्षमताअनुसार डाउन पेमेन्ट तथा भुक्तानी अवधि छनोट गर्न सक्ने कम्पनीले जनाएको छ।

    ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले दसैं, तिहार र छठ परिवारसँग खुसी साटासाट गर्ने तथा नयाँ सुरुवात गर्ने समय भएकाले ग्राहकको चाडपर्वलाई थप उत्साहपूर्ण बनाउन अफर ल्याइएको बताए। उनका अनुसार आकर्षक सुविधा र सहज फाइनान्सिङका कारण यसपटक ट्रायम्फ मोटरसाइकल खरिद गर्न ग्राहकलाई सहज हुने अपेक्षा गरिएको छ।

    देशभरका शोरुमबाट उपलब्ध

    ट्रायम्फको बढ्दो शोरुम नेटवर्कमार्फत ‘द ग्रेट फेस्टिभल गियर-अप २०८३’ अफर काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरमा उपलब्ध हुने कम्पनीले जनाएको छ। काठमाडौं उपत्यकामा नक्साल, भक्तपुर, ललितपुर तथा चावहिल–बौद्धमा ट्रायम्फका शोरुम रहेका छन्।

    उपत्यकाबाहिर चितवन, बुटवल, पोखरा, इटहरी, हेटौँडा, धनगढी र दाङमा रहेका शोरुमबाट पनि ग्राहकले अफर लिन सक्नेछन्। कम्पनीका अनुसार नेपालभर रहेका ११ वटा शोरुममार्फत ट्रायम्फले आफ्नो बिक्री तथा वितरण सञ्जाल विस्तार गरेको छ।

    इच्छुक ग्राहकले असोज ४ गतेदेखि कात्तिक २९ गतेसम्म नजिकको ट्रायम्फ शोरुममा पुगेर स्पीड T4, स्पीड ४००, स्क्र्याम्बलर ४०० एक्स र स्क्र्याम्बलर ४०० एक्ससी मोडल अवलोकन गर्नुका साथै स्पट एक्सचेन्ज र HFL फाइनान्ससम्बन्धी थप जानकारी लिन सक्नेछन्।

    ट्रायम्फ मोटरसाइकलको नेपालमा आधिकारिक बिक्री तथा वितरण गोल्छा अर्गनाइजेसनअन्तर्गतको हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले गर्दै आएको छ। ट्रायम्फ आफ्नो ब्रिटिस डिजाइन, इन्जिनियरिङ र राइडिङ अनुभवका लागि विश्वभर परिचित रहेको कम्पनीले जनाएको छ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij