काठमाडौं । नेपालका लागि होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले दसैँ, तिहार तथा छठलाई लक्षित गर्दै ‘फेस्टिभ अफर होन्डाको सफर’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत नयाँ होन्डा कार खरिदमा १० लाख रुपैयाँसम्म नगद छुट पाइने कम्पनीले जनाएको छ ।
अफरमा नयाँ कार खरिद गर्दा एक आर्थिक वर्षको सडक कर र एक आर्थिक वर्षको पूर्ण बिमा निःशुल्क उपलब्ध गराइनेछ । यस्तै, पाँच वर्षसम्म निःशुल्क सर्भिसिङ र एक वर्षका लागि निःशुल्क सडक सहायता सुविधा पनि दिइने कम्पनीले जनाएको छ ।
पुरानो गाडी साटेर नयाँ होन्डा कार खरिद गर्न चाहने ग्राहकका लागि अन–द–स्पट एक्सचेन्ज सुविधा र एक्सचेन्ज बोनसको व्यवस्था गरिएको छ । नयाँ गाडी खरिदका लागि स्याकार हायर पर्चेज र एनआईसी एसिया बैंकसँगको सहकार्यमा कम ब्याजदरमा फाइनान्सिङ सुविधा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यो योजना सेप्टेम्बर २५ देखि नोभेम्बर १६, २०२६ सम्म देशभरका होन्डा कार शोरुममा लागु हुनेछ । योजनामा होन्डा सीआर–भी, एलिभेट, सिटी र सिटी ईःएचईभी कार समावेश छन् । कम्पनीका अनुसार योजनाका नियम तथा सर्त लागु हुनेछन् ।




