शुक्रवार, आश्विन १६ गते २०८३    

शुक्रवार, आश्विन १६ गते २०८३    

सुजुकीको मोटरसाइकल र स्कुटरमा १ लाखसम्म छुट पाइने

सुजुकीको मोटरसाइकल र स्कुटरमा १ लाखसम्म छुट पाइने

सजिलो पाना
शुक्रवार, आश्विन ९ २०८३
सजिलो पाना
शुक्रवार, आश्विन ९ २०८३
  • काठमाडौं । सुजुकी नेपालले ‘उत्सव नयाँ राइड नयाँ’ फेस्टिभ अफर सार्वजनिक गरेको छ । नेपालका लागि सुजुकीको आधिकारिक वितरक भीजी अटोमोबाइल्स कम्पनीले दशैँ तिहारको अवसरमा उक्त आकर्षक अफर ल्याएको हो ।

    कम्पनीका अनुसार यस योजनामा ग्राहकले सुजुकीका मोटरसाइकल तथा स्कुटर खरिदमा आकर्षक छुट तथा फाइनान्स सुविधा पाउने छन् ।

    यस अन्तर्गत गहकले नयाँ मोटरसाइकल वा स्कुटर खरिद गर्दा अधिकतम १ लाख रुपैयाँसम्म नगद छुट वा एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन् ।

    साथै, ग्राहकले शून्य प्रतिशत ब्याजदर वा ३६ महिनासम्मको न्यून मासिक किस्ता मध्ये कुनै एक सुविधा छनोट गर्न सक्नेछन् ।

    कम्पनीका अनुसार यो अफरका लागि ग्राहकले नागरिकता मात्र ल्याए पुग्नेछ । यद्यपि, अफरमा केही नियम तथा सर्तहरू लागू हुनेछन् ।

    चाडपर्वको अवसरमा नयाँ राइडसँगै थप रमाइला सम्झना बनाउन सकियोस् भन्ने उद्देश्यले अफर ल्याइएको कम्पनीले जनाएको छ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij