आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

ग्लोबल आइएमई बैंकले गर्यो २ नगरपालिकामा वृक्षारोपण सम्पन्न

ग्लोबल आइएमई बैंकले गर्यो २ नगरपालिकामा वृक्षारोपण सम्पन्न

सजिलो पाना
सोमवार, जेठ १९ २०८२
सजिलो पाना
सोमवार, जेठ १९ २०८२
  • काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको टोखा नगरपालिका र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षारोपण गरेको छ । बैंकले टोखा नगरपालिकाका विभिन्न विद्यालयहरुमा १ हजार वटा फलफुलको विरुवाहरु रोपण गरेको हो । 

    उक्त बृक्षारोपण कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, विद्यालयका प्रध्यानापक, विद्यालयका प्रतिनीधीहरु र विद्यार्थी सहित स्थानीयहरुको उपस्थिती रहेको थियो ।

    साथै, बैंकले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको विभिन्न वडाहरुमा १५ सय वटा बाँसका विरुवाहरु रोपण गरेको छ । बैंकले संचालन गरेको उक्त वृक्षारोपण कार्यक्रममा खोटाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति प्रमुख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख, नेपाली आर्मी र नेपाल प्रहरीका जिल्ला नेतृत्व तथा प्रतिनिधिहरु र स्थानीय व्यक्तीहरुको ठूलो उपस्थिति रहेको थियो ।

    बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा यस आर्थिक वर्षमा मुलुकभर १८ हजार विरुवा रोपण गर्ने लक्ष्यका साथ विभिन्न स्थानमा वृक्षारोपण गरिरहेको छ ।

    बैंकले विश्व वातावरण दिवसको अवसर पारेर ७ वटै प्रदेशहरुको विभिन्न स्थानहरुमा बृक्षारोपण गरीरहेको छ । साथै, उक्त बृक्षारोपणले जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीयहरुको आयआर्जनमा सहयोग हुने विश्वास बैंकले लिएको छ । 

    ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

    ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

    बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij