शुक्रवार, आश्विन १६ गते २०८३    

शुक्रवार, आश्विन १६ गते २०८३    

ईसेवाको सीईओमा निरज शर्मा नियुक्त

ईसेवाको सीईओमा निरज शर्मा नियुक्त

सजिलो पाना
शुक्रवार, आश्विन ९ २०८३
सजिलो पाना
शुक्रवार, आश्विन ९ २०८३
  • काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक ईसेवाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा नियुक्त भएका छन्। ईसेवाको सञ्चालक समितिको बैठकले शर्मालाई कम्पनीको नयाँ सीईओका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो।

    शर्माले आगामी असोज १२ गतेदेखि ईसेवाको नेतृत्व सम्हाल्नेछन्। बैंकिङ क्षेत्रमा लामो अनुभव हासिल गरेका शर्मा यसअघि नबिल बैंकमा समेत लामो समय कार्यरत थिए। बैंकिङ क्षेत्रसँगै डिजिटल रूपान्तरण, नवप्रवर्तन तथा नयाँ प्रविधिको प्रयोगका क्षेत्रमा समेत उनले काम गरेको अनुभव छ।

    शर्माको शैक्षिक पृष्ठभूमि पनि विविध छ। सेन्ट जेभियर्सबाट प्रवेशिका तह उत्तीर्ण गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट प्रमाणपत्र तहको अध्ययन पूरा गरेका छन्। त्यसपछि दिल्ली विश्वविद्यालयबाट स्नातक गरेका शर्माले काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) गरेका छन्।

    व्यावसायिक दक्षता अभिवृद्धिका लागि उनले अमेरिकास्थित हार्वर्ड बिजनेस स्कुलबाट ‘डिसरप्टिभ स्ट्राटेजी’ सम्बन्धी तालिमसमेत लिएका छन्। यसबाहेक करियर र व्यवस्थापनसँग सम्बन्धित विभिन्न तालिम, गोष्ठी तथा सेमिनारमा उनले सहभागिता जनाउँदै आएका छन्।

    बैंकिङ क्षेत्रमा रहँदा शर्माले डिजिटल प्रविधिको विस्तार र नवप्रवर्तनलाई प्राथमिकतामा राखेर विभिन्न काम गरेका थिए। विशेषगरी डिजिटल रूपान्तरणसँग जोडिएका पहल तथा नयाँ प्रविधिको प्रयोगलाई संस्थागत रूपमा अघि बढाउने कार्यमा उनको अनुभव रहेको छ।

    यसअघि ईसेवाको प्रमुख कार्यकारी अधिकृतका रूपमा जगदीश खड्काले चार वर्ष कम्पनीको नेतृत्व गरेका थिए। खड्काको चारवर्षे कार्यकाल असोज ९ गते समाप्त भएको हो। त्यसपछि कम्पनीले शर्मालाई नयाँ सीईओका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij