आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

नेपाल एसबिआई बैंकद्वारा विद्यालयलाई स्मार्ट बोर्ड तथा खेलकुद सामाग्री प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यालयलाई स्मार्ट बोर्ड तथा खेलकुद सामाग्री प्रदान

सजिलो पाना
मंगलवार, जेठ २० २०८२
सजिलो पाना
मंगलवार, जेठ २० २०८२
  • काठमाडौं । नेपाल एसबिआई बैंकले रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ४, मनौरास्थित श्री राम जानकी अधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि स्मार्ट बोर्ड तथा खेलकुद सामाग्री प्रदान गरेको छ ।

    बैंकका लुम्बिनी प्रदेश प्रमुख शिव दाहालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकलाई एक कार्यक्रमकाबीच उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए । कार्यक्रममा बैंक तथा स्कुल समितिका अन्य पदाधिकारी र शिक्षकहरुको समेत उपस्थिति रहेको थियो । 

    नेपाल एसबिआई बैंकले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij