बिहिवार, आश्विन २२ गते २०८३    

बिहिवार, आश्विन २२ गते २०८३    

फोटोन नेपालले पेप्सीकोलामा नेपालकै ठूलो इभी कमर्सियल सर्भिस सेन्टर सञ्चालनमा ल्याउँदै

फोटोन नेपालले पेप्सीकोलामा नेपालकै ठूलो इभी कमर्सियल सर्भिस सेन्टर सञ्चालनमा ल्याउँदै

सजिलो पाना
बुधवार, आश्विन २१ २०८३
सजिलो पाना
बुधवार, आश्विन २१ २०८३
  • काठमाडौं। एम ए डब्लु वृद्धि कमर्सियल भेइकल्स् प्रा.लि.ले नेपालमा विगत लामो समय देखि फोटोन ब्राण्डका विभिन्न कमर्सियल सवारीसाधन बिक्री गर्दै आइरहेको छ।

    बिक्रीपछिको सेवालाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले कम्पनीले नेपालमा अहिले इभी कमर्सियल क्षेत्रमा सबैभन्दा ठूलो व्यवस्थित र अत्याधुनिक सुविधा सहितको सर्भिस सेन्टर स्थापना गर्न लागेको छ। यसबाट ग्राहकलाई सहज, प्रभावकारी र भरपर्दो सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ। 
     
    काठमाडौंको पेप्सीकोला क्षेत्रमा नेपालकै ठूलो यस इभी कमर्सियल सर्भिस सेन्टर आधुनिक पूर्वाधार, अत्याधुनिक सर्भिस उपकरण तथा पर्याप्त सेवा क्षमता सहित निर्माण भइरहेको छ। सर्भिस सेन्टरमा फोटोनका अन्तर्राष्ट्रिय संस्थाबाट तालिम प्राप्त दक्ष प्राविधिक तथा इन्जिनियरहरूको टोली रहनेछन्।

    सर्भिस विस्तारसँगै फोटोन ब्राण्डले ग्राहकलाई भरपर्दो बिक्री पछिको सेवा र जेन्युइन पाट्र्सको  उपलब्धताका साथै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।पेप्सीकोलामा स्थापना भइरहेको नयाँ सर्भिस सेन्टरलाई फोटोनका सवारीसाधन बिक्रीपछिको सेवा, जेन्युइन पाट्र्स उपलब्धता, ब्याट्री परिक्षण तथा नियमित मर्मत सम्भार र ड्राइभर तथा प्राविधिक तालिम एउटै स्थानबाट उपलब्ध हुने गरी विशाल सर्भिस सेन्टरको अवधारणालाई मध्य नजर गर्दै सर्भिस सेन्टर तयार गरिएको छ।

    गुणस्तरीय सेवा कायम राख्दै छिटो र प्रभावकारी रुपमा सवारी साधनको मर्मत सम्भार सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहेको छ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij