काठमाडौं । प्रिमियम इलेक्ट्रीक मोटरसाइकल ब्राण्ड अल्ट्राभायोलेटले विशेष योजना सार्वजनिक गरेको छ । नेपालका लागि अल्ट्राभायोलेटको आधिकारिक वितरक वैद्यज अर्गनाइजेशनले दशैंको अवसरमा विशेष उपहार योजना ल्याएको हो ।
कम्पनीका अनुसार दशैं विशेष योजना अन्तर्गत अल्ट्राभायोलेटको हरेक मोटरसाइकल खरिदमा ग्राहकले निःशुल्क हेल्मेट तथा डायमन्ड कोटिङ प्राप्त गर्नेछन्। साथै, ग्राहकका लागि इजी फाइनान्सिङ सुविधा समेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
गत नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसरमा अल्ट्राभायोलेटले आफ्नो नयाँ क्रसओभर मोडल एक्स ४७ नेपाली बजारमा सार्वजनिक गरेको थियो। नेपालका लागि एक्स४७ को मूल्य ६ लाख ८४ हजार ९०० रुपैयाँ रहेको छ।
अल्ट्राभायोलेट एक्स४७ खरिद गर्न चाहने ग्राहकले आधिकारिक शोरुम तथा बिक्री केन्द्रमा सम्पर्क गरी दशैं अफर, इजी फाइनान्सिङ र एक्स४७ सम्बन्धी थप जानकारी लिन सक्ने कम्पनीले जनाएको छ ।




