आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

माइडियाको "मासिक लक्की ड्र २०८२"को विजेता : बलराम कार्की

माइडियाको "मासिक लक्की ड्र २०८२"को विजेता : बलराम कार्की

सजिलो पाना
मंगलवार, जेठ २० २०८२
सजिलो पाना
मंगलवार, जेठ २० २०८२
  • काठमाडौं । Midea होम अप्लायन्सेसद्वारा नेपाली नयाँ वर्ष २०८२ को अवसरमा सार्वजनिक गरिएको "New Era of Smart Living" योजना अन्तर्गतको मासिक लक्की ड्र कार्यक्रम १२ जेठ २०८२ मा फेसबुक लाइभमार्फत सम्पन्न गरिएको छ। कार्यक्रमको प्रत्यक्ष प्रसारण Midea नेपालको सामाजिक सञ्जालमार्फत गरिएको थियो।

    यस लक्की ड्र कार्यक्रम अन्तर्गत श्री बलराम कार्की, काठमाडौं निवासी, मासिक उपहारको रूपमा ८ केजी Midea वाशिङ मेसिन जित्न सफल भएका छन्। उनले चौधरी समूह अन्तर्गतको आधिकारिक Midea डिलरबाट Midea उत्पादन खरिद गरी योजनामा सहभागीता जनाएका थिए । खरिदपछि गरिएको QR कोड स्क्यानद्वारा दर्ता प्रणालीले उनलाई स्वतः मासिक लक्की ड्रका लागि योग्य बनाएको थियो। Midea एक विश्वप्रसिद्ध उपभोक्ता उपकरण ब्रान्ड हो जसले विश्वभरका करिब २०० भन्दा बढी देशमा आफ्ना उत्पादनहरू आपूर्ति गर्दै आएको छ।

    नेपालमा Mideaले सबै किसिमका स्मार्ट होम उपकरणहरू उपलब्ध गराउँदै आएको छ, जसमा रेफ्रिजेरेटर, वाशिङ मेसिन, माइक्रोवेभ ओभन, इन्डक्सन कुकटप, राइस कुकर, डिशवाशर, भ्याकुम क्लीनर, वाटर प्युरीफायर, रुम हिटर लगायतका उपकरणहरू समावेश छन्। Mideaका उत्पादनहरू विश्वस्त गुणस्तर, नवीन डिजाइन र उर्जासक्षम प्रविधिमा आधारित छन्, जसले नेपाली उपभोक्ताको दैनिक जीवनलाई सहज बनाउँछ। CG Electronics, नेपालकै अग्रणी इलेक्ट्रोनिक्स कम्पनी मध्ये एक हो, जसले Midea होम अप्लायन्सेसको आधिकारिक वितरकको रूपमा काम गर्दै आएको छ। चौधरी समूह अन्तर्गत सञ्चालित यस संस्थाले देशव्यापी रूपमा डिलर नेटवर्कमार्फत मिडिया उत्पादनहरू उपलव्ध गराउँदै आइरहेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij