काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७.१५ अंकले बढेर २ हजार ५९१.८० विन्दुमा पुगेको छ। बजार ०.६६ प्रतिशतले बढेसँगै शेयर बजारमा सकारात्मक संकेत देखिएको छ।
आज १८० कम्पनीको शेयर मूल्य वृद्धि हुँदा ८९ कम्पनीको मूल्य घटेको छ भने १० कम्पनीको मूल्यमा कुनै परिवर्तन आएको छैन।
शुक्रबार बजारमा कुल ४ अर्ब ८३ करोड ७७ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। दिनभरमा १ करोड २९ लाख ५ हजार ९४२ कित्ता शेयर किनबेच भएका छन्।




