सोमवार, कार्तिक १० गते २०८३    

सोमवार, कार्तिक १० गते २०८३    

जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बन्यो मुक्तिनाथ विकास बैंक

जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बन्यो मुक्तिनाथ विकास बैंक

सजिलो पाना
सोमवार, कार्तिक १० २०८३
सजिलो पाना
सोमवार, कार्तिक १० २०८३
  • काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बनेको छ ।

    बैंकले आगामी कात्तिक ९ गतेदेखि सुरु हुने एनपीएल सिजन–३ का लागि जनकपुर बोल्ट्ससँग आधिकारिक बैंकिङ साझेदारी गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको जनाएको छ ।

    एनपीएल नेपाली क्रिकेटको व्यावसायिक विकास, प्रतिभाशाली खेलाडीको क्षमता अभिवृद्धि तथा खेलकुदलाई आर्थिक गतिविधिसँग जोड्ने महत्त्वपूर्ण माध्यमका रूपमा स्थापित हुँदै गएको छ । प्रतियोगिताको तेस्रो संस्करणका सबै खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आधिकारिक लिस्ट ए टी–२० मान्यता प्रदान गरेको छ । यससँगै खेलाडीले बनाउने रन, लिने विकेट तथा व्यक्तिगत प्रदर्शन आधिकारिक टी–२० तथ्याङ्कमा समावेश हुनेछन् ।

    एनपीएलको पहिलो संस्करणको उपाधि जितेको जनकपुर बोल्ट्सले यस सिजन पनि उपाधि जित्ने लक्ष्य राखेको छ । टोलीले मधेश प्रदेशको खेलकुद पहिचानलाई उजागर गर्दै नेपाली क्रिकेटमा आफ्नो विशिष्ट पहिचान स्थापित गरेको छ ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले यस साझेदारीले क्रिकेटमार्फत समुदायसँग जोडिन, स्थानीय प्रतिभालाई प्रोत्साहन गर्न तथा युवा सशक्तीकरणमा योगदान पुर्‍याउन सहयोग गर्ने बताए ।

    उनका अनुसार बैंकले जर्सीमा आफ्नो लोगो राख्नेमात्र नभई नेपाली क्रिकेटको विकास र समुदायसँगको सम्बन्ध विस्तारमा समेत प्रतिबद्धता जनाएको छ । जनकपुर बोल्ट्ससँग सहकार्य गर्न पाउँदा बैंकले गर्व महसुस गरेको जनाएको छ ।

    त्यसैगरी, जनकपुर बोल्ट्सको सञ्चालक कम्पनी ड्रिम स्पोर्ट्स प्रालिका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले मुक्तिनाथ विकास बैंकलाई आधिकारिक बैंकिङ साझेदारका रूपमा स्वागत गर्दै सहकार्यले टोलीलाई थप ऊर्जा प्रदान गर्ने बताए ।

    उनले ‘जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ’ भन्ने बैंकको सोच र मधेशका जनतासँग जोडिने जनकपुर बोल्ट्सको यात्राबीच समानता रहेको उल्लेख गरे । एनपीएलको पहिलो संस्करणको विजेता टोलीका रूपमा यस सिजन पनि उपाधि जनकपुर फर्काउने लक्ष्य रहेको उनको भनाइ छ ।

    आईसीसीको आधिकारिक मान्यताले यस सिजनलाई खेलाडीका लागि थप महत्त्वपूर्ण बनाएको उल्लेख गर्दै खतिवडाले बैंकसँगको सहकार्यले मैदानभित्र र बाहिर दुवैतर्फ टोलीलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । साथै, मधेशका युवा प्रतिभालाई प्रोत्साहन गर्ने साझा प्रतिबद्धतालाई साझेदारीले थप मजबुत बनाउने उनले बताए ।

    ग्राहककेन्द्रित सेवा, नवीनता तथा वित्तीय समावेशीकरणलाई प्राथमिकता दिँदै आएको मुक्तिनाथ विकास बैंकले खेलकुदमार्फत समुदायसँग जोडिने र नेपाली क्रिकेटको विकासमा सहयोग गर्ने अवसरका रूपमा यस साझेदारीलाई लिएको जनाएको छ ।

    बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जारी गरेको जानकारीअनुसार बैंकले आगामी दिनमा पनि ग्राहक, समुदाय तथा सरोकारवालासँगको सम्बन्धलाई थप मजबुत बनाउँदै आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij