काठमाडौं । बजाज पल्सरले नेपाल प्रिमियर लिग (एनपीएल)सँगको साझेदारी विस्तार गर्दै आगामी तीन सिजनका लागि सहप्रायोजन सम्झौता गरेको छ । सम्झौताअनुसार बजाज पल्सर एनपीएलको तेस्रो, चौथो र पाँचौँ सिजनमा सहप्रायोजकका रूपमा जोडिने भएको हो ।
कम्पनीका अनुसार तीन सिजनसम्म रहने यस साझेदारीको उद्देश्य नेपाली क्रिकेटको विकासमा योगदान पुर्याउनुका साथै खेलाडी, समर्थक र नयाँ पुस्ताका क्रिकेटप्रेमीसँगको सम्बन्ध सुदृढ बनाउनु हो ।
नेपालमा क्रिकेटप्रतिको आकर्षण बढ्दै गएको सन्दर्भमा एनपीएलले खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने र समर्थकलाई खेलसँग जोडिने अवसर प्रदान गर्दै आएको छ । बजाज पल्सरले यस सहकार्यबाट नेपाली क्रिकेटको प्रतिस्पर्धात्मक भावना, जोश र उत्साहलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरेको छ ।
बजाज पल्सरको पहिचान शक्ति, उत्कृष्ट प्रदर्शन, महत्त्वाकांक्षा र साहससँग जोडिएको छ । नेपाली क्रिकेटले पनि प्रतिस्पर्धा, समर्पण र निरन्तर प्रगतिमार्फत नयाँ उचाइ हासिल गर्ने लक्ष्य राखेकाले यी साझा मूल्यले साझेदारीलाई थप अर्थपूर्ण बनाउने कम्पनीको विश्वास छ ।
आधिकारिक दुई पाङ्ग्रे सवारीसाधन साझेदारबाट सहप्रायोजक बनेसँगै बजाज पल्सरले एनपीएलका आगामी तीन सिजनमा विभिन्न अभियान तथा गतिविधिमार्फत नेपाली क्रिकेटसँग जोडिएर रहने जनाएको छ ।
एनपीएलका तेस्रो, चौथो र पाँचौँ सिजनसँग सम्बन्धित आगामी घोषणा तथा गतिविधिबारे जानकारी पल्सर नेपालको आधिकारिक सञ्चार माध्यमबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।




