आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

३५.७३ अंकले ओरालो लाग्यो सेयर बजार

३५.७३ अंकले ओरालो लाग्यो सेयर बजार

सजिलो पाना
मंगलवार, जेठ २० २०८२
सजिलो पाना
मंगलवार, जेठ २० २०८२
  • काठमाडौं । सेयरबजार परिसूचक नेप्से ३५.७३ अंकले ओरालो लागेको छ। 

    २६५८.९३ विन्दुमा ओलिएको बजारमा ६ अर्ब ६७ करोडको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। डेढ करोड कित्ता बिक्रीमा सो कारोबार भएको हो। 

    यस दिन ३४ वटा धितोपत्रको मूल्य बढे पनि २१४ वटाको घटेको छ। 

    आज प्योर इनर्जीको सेयरमा सकारात्मक सर्किट लाग्दा लगानीकर्ताले ३८.५० रुपैयाँ प्रतिकित्ता कमाएका छन्। यसबाहेक ओम मेगाश्री फर्म्यास्युटिकल्सको सेयर पनि ९.९४ प्रतिशतले बढेको छ। 

    यसबाहेक उपकार लघुवित्तको सेयर पनि प्रतिकित्ता १९०.०१ रुपैयाँ बढेको छ। बाँकी सेयरहरु धेरै बढेका छैनन्। गिरावटतर्फ सप्तकोशी डेभलपमेन्ट अगाडि छ। कम्पनीको सेयर ४.३८ प्रतिशतले घट्दा लगानीकर्ताले प्रतिकित्ता ४४.७१ रुपैयाँ गुमाएको नेप्सेले जनाएको छ। बाँकी सेयरहरु अधिकतम ३.९९ प्रतिशतसम्मले घटेका छन्। 

    कारोबारमा आज राधी जलविद्युत् अगाडि छ। कम्पनीको ६० करोडको कारोबार हुँदा युनिभर्सल पावर कम्पनीको ४१ करोड र ङादी ग्रुप पावरको ४० करोडको कारोबार भएको छ। 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij