आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

अझै सुलभ मूल्यमा किन्न पाइने भयो प्रिमियम लक्जरी ईभी 'जिकर एक्स'

अझै सुलभ मूल्यमा किन्न पाइने भयो प्रिमियम लक्जरी ईभी 'जिकर एक्स'

सजिलो पाना
मंगलवार, जेठ २० २०८२
सजिलो पाना
मंगलवार, जेठ २० २०८२
  • काठमाडौं । नेपालका लागि जिकरको आधिकारिक वितरक पायोनियर मोटोकर्पले, कम्प्याक्ट लग्जरी एसयुभि ‘जिकर एक्स’, नयाँ र परिमार्जित मूल्य रू. ७४,९९,००० मा उपलब्ध गरेको छ ।

    ८४ लाख ९९ हजार बजारमूल्य रहेको जिकर एक्स, हाल १० लाख कम मूल्यमा उपलब्ध गराइएको हो । ‘अनचेन्ड ड्युटि, अनबिटेबल प्राइस’ नाम रहेको यस योजनाअनुसार ग्राहकहरूले मात्र २०% डाउन पेमेन्टमा गाडी खरिद गर्न सक्ने, एक्सचेन्ज बोनस, अटो प्लस बीमा, सडक करमा १ आर्थिक वर्षको छुट, र निःशुल्क ७ किलोवाट वाल चार्जर जस्ता थप विशेष सुविधाहरूको समेत लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।

    जिकर एक्स प्रभावशाली २०० किलोवाट मोटरद्वारा सञ्चालित छ, जसले उत्कृष्ट पर्फमेन्स र सहज, रेस्पोन्सिभ ड्राइभ अनुभव प्रदान गर्छ र विद्युतीय सवारीको रमाइलोपन फेरि परिभाषित गर्दछ । यसको डब्लुएलटिपि रेन्ज ४४० किलोमिटर रहेको छ र पर्फमेन्स पनि अग्रणी युरोपियन प्रतिस्पर्धीहरूसँग बराबर रहेको छ ।

    जिकर एक्स, जिकर ००१ र जिकर सेभेन-एक्स जस्तै उन्नत ‘एसइए’ प्लेटफर्ममा आधारित छ । यसको संरचना ७३ प्रतिशत हाइ-स्ट्रेन्थ स्टिल प्रयोग गरेर बनाइएको छ, जसले गाडीलाई मजबुत बनाउने मात्र होइन, सुरक्षामा कुनै सम्झौता नगरी तौल पनि कम गर्छ । 

    जिकर एक्स, २०२४ युरो एनक्यापमा दुई विधामा विजेता बन्ने एकमात्र गाडी हो जसले प्रतिष्ठित ५-स्टार सेफ्टि रेटिङ साथै ग्रिन एनक्यापबाट ५-स्टार रेटिङ हासिल गर्दै वातावरणमैत्रीपनमा पनि अग्रता लिएको छ ।

    गिलि होल्डिङ ग्रुपअन्तर्गत बनाइएको जिकर एक्स, लक्जरि, स्मार्ट अर्बान मोबिलिटि र सहज पहुँचको सन्तुलनसहित जिकर एक्स, सहरी इलेक्ट्रिक एसयुभिको नयाँ मापदण्ड बनाउने दिशामा अघि बढेको छ । यसको प्रतिस्पर्धात्मक मूल्य, सहज वित्तीय योजना, र विशेष स्वामित्व सुविधाहरूका कारण, ग्राहकहरूको लागि अहिले नै जिकर एक्स खरिद गर्ने उत्तम समय बनेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij