आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

सिद्धार्थ बैंक र गोल्डेन हस्पिटलबीच सम्झौता

सिद्धार्थ बैंक र गोल्डेन हस्पिटलबीच सम्झौता

सजिलो पाना
बुधवार, जेठ २१ २०८२
सजिलो पाना
बुधवार, जेठ २१ २०८२
  • काठमाडौं ।  सिद्धार्थ बैंक र गोल्डेन हस्पिटल प्रालिबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । 

    विराटनगरमा सम्पन्न एक विशेष समारोहमा गोल्डेन हस्पिटल प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मो.जिया उलहक र सिद्धार्थ बैंक लिमिटेडका विराटनगर शाखा प्रबन्धक सूर्य प्रसाद शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

    सम्झौताअनुसार बैंकका ग्राहकहरुले विराटनगरस्थित गोल्डेन हस्पिटलमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा १०% सम्म छुट प्राप्तगर्न सक्नेछन् । यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

    ग्राहकहरुले थप जानकारी बैंकको २४ सै घण्टा खुल्ला रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मार्फत लिन सक्ने बैंकले जानकारी दिएको छ । 

    बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij