आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

सजिलो पाना
बुधवार, जेठ २१ २०८२
सजिलो पाना
बुधवार, जेठ २१ २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ २१ गतेब बुधबार बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ। 

    केन्द्रीय बैंकले अधिक तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट उक्त पैसा खिच्न लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

    निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

    निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

    यो २१ दिने निक्षेप संकलन उपकरणको असार ११ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij