आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

फोनपेद्वारा ‘स्टुडेन्ट एम्बेसडर कार्यक्रम २०२५’को घोषणा

फोनपेद्वारा ‘स्टुडेन्ट एम्बेसडर कार्यक्रम २०२५’को घोषणा

सजिलो पाना
बुधवार, जेठ २१ २०८२
सजिलो पाना
बुधवार, जेठ २१ २०८२
  • काठमाडौं । नेपालकै अग्रणी डिजिटल भुक्तानी सेवाप्रदायक फोनपेले ‘फोनपे स्टुडेन्ट एम्बेसडर कार्यक्रम २०२५’ सार्वजनिक गरेको छ । देशभरका विश्वविद्यालयस्तरीय विद्यार्थीहरूलाई लक्षित गर्दै ल्याइएको यो कार्यक्रमले डिजिटल साक्षरता, फिनटेकमा नवीनता र सामाजिक प्रभावमा युवाहरूलाई सशक्त बनाउने उद्देश्य लिएको कम्पनीले जनाएको छ ।

    कार्यक्रमको एक विशेष पाटो ‘टाइम टु टिच ब्याक’ रहेको कम्पनीले जनाएको छ । यसको माध्यमबाट सहभागी विद्यार्थीहरूलाई आफ्ना अभिभावक र समुदायका वृद्ध सदस्यहरूलाई डिजिटल वित्तीय सेवा प्रयोग गर्न सिकाउन प्रोत्साहित गरिने कम्पनीको भनाइ छ । यसले पुस्ताबीचको डिजिटल दूरी घटाउन सघाउने अपेक्षा गरिएको छ ।

    देशभरबाट १७० भन्दा बढी टिमले आवेदन दिएका थिए । तीमध्ये प्रतिस्पर्धात्मक छनोट प्रक्रियापछि ७५ टिम, अर्थात् १५० विद्यार्थी छनोटमा परेका छन् । उनीहरूले आफ्ना कलेज तथा प्रदेशको प्रतिनिधित्व गर्दै आठ हप्तासम्म चल्ने यो यात्रामा संलग्न हुनेछन् ।

    कार्यक्रमको अवधिमा विद्यार्थीहरूले डिजिटल भुक्तानी प्रणालीको प्रवद्र्धन गर्ने, आफ्ना कलेज तथा समुदायमा सचेतना अभियान सञ्चालन गर्ने, वृद्ध पुस्तासँग सहकार्य गर्दै डिजिटल समावेशिता फैलाउने र नेपालकै अग्रणी फिनटेक कम्पनी एफवानसफ्ट ग्रुपमा इन्टर्नसिपको अवसर समेत पाउने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij