काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको पानीपोखरीस्थित लाईफ क्युइस्ट क्लिनिक ल्याब प्रालिबीच छुट सम्झौता भएको छ ।
सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकहरूले लाईफ क्युइस्ट क्लिनिक ल्याब मा २० प्रतिशत सम्मको छुट पाउनेछन् ।यस सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४ ‘को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड ‘ सञ्चालनमा ल्याएको छ ।
सिटिजन्स बैंकले ६१ जिल्लाका २०० वटा शाखा, १६८ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ ईकाइहरुबाट सेवाहरु प्रदान गर्दै आएको छ ।




