बिहिवार, मंसिर ४ गते २०८३    

बिहिवार, मंसिर ४ गते २०८३    

नेपाल बैंकको ९०औँ वार्षिकोत्सव सम्पन्न, अर्थमन्त्री वाग्लेद्वारा तीन डिजिटल सेवा शुभारम्भ

नेपाल बैंकको ९०औँ वार्षिकोत्सव सम्पन्न, अर्थमन्त्री वाग्लेद्वारा तीन डिजिटल सेवा शुभारम्भ

सजिलो पाना
बुधवार, मंसिर ३ २०८३
सजिलो पाना
बुधवार, मंसिर ३ २०८३
  • काठमाडौं। नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ९०औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ। बैंकले २०८३ कात्तिक ३० गते स्थापनाको ८९ वर्ष पूरा गरी ९०औँ वर्षमा प्रवेश गरेको अवसरमा प्रधान कार्यालयमा विशेष समारोह आयोजना गरेको हो।

    अर्थमन्त्री डा। स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर दीर्घबहादुर रावल विशिष्ट अतिथिका रूपमा सहभागी थिए। समारोहको अध्यक्षता बैंक सञ्चालक समितिका सदस्य बद्री खनालले गरेका थिए।

    वार्षिकोत्सवका अवसरमा अर्थमन्त्री वाग्लेले बैंकका तीनवटा डिजिटल सेवा ‘फोन लोन’, ‘बाइ नाउ पे लेटर’ ९बीएनपीएल० क्रेडिट कार्ड तथा अनलाइन कर्जा आवेदन पोर्टलको शुभारम्भ गरे।

    कार्यक्रममा अर्थमन्त्री वाग्लेले उत्पादनशील क्षेत्र तथा उद्यमशीलताको विकासमा बैंकले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले कृषि, जलविद्युत्, पर्यटन, सूचना प्रविधि, निर्यातमूलक उद्योग तथा साना तथा मझौला उद्यममा कर्जा लगानी विस्तार गर्न निर्देशन दिए।

    त्यस्तै, संस्थागत सुशासन र वित्तीय अनुशासन कायम गर्दै जनविश्वास अभिवृद्धि गर्न, डिजिटल रूपान्तरणलाई तीव्रता दिन तथा साइबर सुरक्षा र तथ्याङ्क संरक्षणमा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए। ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिक, महिला उद्यमी, साना व्यवसायी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई औपचारिक वित्तीय प्रणालीमा जोड्न थप पहल गर्न पनि उनले बैंकलाई आग्रह गरे।

    हाल बैंकले देशभर २३० शाखा, २५० एटीएम र ५७ एक्सटेन्सन काउन्टरमार्फत २९ लाखभन्दा बढी ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ। बैंकका करिब १६ लाख ग्राहक डिजिटल सेवाबाट लाभान्वित भइरहेका छन्।

    अन्तर्राष्ट्रियस्तरको बैंकिङ प्रविधि प्रयोग गर्दै आएको बैंकले छिटोछरितो, गुणस्तरीय र प्रभावकारी ग्राहक सेवा प्रवाहलाई प्राथमिकता दिएको जनाएको छ।

    वार्षिकोत्सव समारोहमा २५ वर्ष निरन्तर सेवा गरेका तीन जना र २० वर्ष सेवा गरेका १० जना कर्मचारीलाई दीर्घसेवा पदक तथा प्रशंसापत्र प्रदान गरिएको थियो। त्यस्तै, प्रादेशिक तथा भौगोलिक वर्गीकरणअनुसार उत्कृष्ट उपलब्धि हासिल गर्ने १२ शाखालाई पुरस्कृत गरिएको बैंकले जनाएको छ।

    प्रतिकूल प्राकृतिक विपत्तिका बाबजुद बैंकिङ सेवा निरन्तर सञ्चालन गरेका त्रिशूली र धुन्चे शाखालाई सम्मान गरिएको थियो। साथै, स्याफ्रुबेँसी एक्सटेन्सन काउन्टर (धुन्चे शाखा) मा विषम परिस्थितिका बीच बैंकको सम्पत्ति साहसपूर्वक संरक्षण गर्ने कर्मचारी तथा सुरक्षाकर्मीलाई कदरपत्र प्रदान गरिएको थियो।

    कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले उपस्थित अतिथिहरूलाई स्वागत गरेका थिए। समारोहको समापन गर्दै अध्यक्ष खनालले कर्मचारीलाई उच्च मनोबल, जिम्मेवारी र इमानदारीका साथ काम गर्न प्रेरित गर्दै सहभागी सबैप्रति आभार व्यक्त गरे।

    images
    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij