काठमाडौं । आज बुधबार पनि शेयरबजार राताम्मे बनेको छ । तिहारको लामो बिदापछि खुलेको शेयर बजारले अपेक्षित गति लिन नसकेपछि लगातार ओरालो झरेको हो।
आज बुधबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । यसदिन नेप्से ११.०५ अंकले घटेर २६२५.०५ को विन्दुमा कायम हुन पुगेको छ। आज सूचीकृत ३४७ कम्पनीहरुको १ करोड १ लाख ६२ हजार ६०५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १५ करोड ४९ लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज १३ मध्ये ११ उपसूचक राताम्मे भएका छन् ।
हिजो मात्र नेप्से १२.७९ अंकले घटेर २६३६.१० को विन्दुमा कायम भएको थियो भने त्यसदित ४ अर्ब ७३ करोड ११ लाख ७८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । १३ मध्ये १२ वटा उपसूचक राताम्मे बनेका थिए ।




