आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

दराजद्वारा गर्मीको किनमेल लक्षित ६.६ मेगा मिड इयर सेलको घोषणा

दराजद्वारा गर्मीको किनमेल लक्षित ६.६ मेगा मिड इयर सेलको घोषणा

सजिलो पाना
बिहिवार, जेठ २२ २०८२
सजिलो पाना
बिहिवार, जेठ २२ २०८२
  • काठमाडौं ।  नेपालकै अग्रणी अनलाइनकिनमेल प्लेटफर्म, दराज नेपालले ६.६ मेगा मिड इयर सेलकोे घोषणा गरेको छ । मेगा मिड इयर सेलमा ८०% सम्मको बृहत छुट, निःशुल्कहोम डेलिभरी सुविधा र १ करोड रुपैयाँ बराबरका भौचरहरूको ब्यवस्था गरिएको छ । यो धमाकेदार सेल जेठ २३ गते देखि जेठ २७ गते सम्म सञ्चालन हुने जानकारी दिइएको छ ।

    ६.६ मेगा मिड इयर सेल मार्फत दराजले ग्राहकहरूका लागि विभिन्न ब्रान्डहरूमा फ्ल्याट ६६% सम्मको आकर्षक छुट पाउन सकिने ब्यवस्था गरेको छ । जस अन्तर्गत, प्लेटिनम ब्रान्ड पार्टनर सिताफिल, आइविबी र एंकर मार्फत ११% सम्म छुट, गोल्ड ब्रान्डनाइकमा ५०% सम्मको छुट र सिल्भर ब्रान्डहरू र्‍होटो र न्यानो डायपर्समार्फत ४०% सम्मको छुटको ब्यवस्था गरिएको छ । 

    ६.६ को विशेष आकर्षणका रुपमा फास्टेस्ट फिंगर फ्ल्याश सेल अभियानरहने जानकारी दिइएको छ । यस मार्फत ग्राहकहरूले मध्यरात, बिहान ८ बजे, ११ बजे, दिउँसो ३ बजे र राति ८ बजे, रु. ६ मा उपलब्ध गरिने अत्यन्तै सीमित अफरहरूमा आफ्नो सहभागिता जनाएर लाभलिन हुन अनुरोध गरेको छ । 

    दराजले यस पटकको सेललाई छुटहरुका लागि अवसरका रुपमा मात्र नभइ, शानदार उपहारहरू पनि प्रदान गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले दुई विशेष फिचरहरु, एड टू कार्ट एण्ड विन र बाई एण्ड विनको ब्यवस्था गरेको छ । यस उपहार योजना अन्तर्गत ६ जना भाग्यमानी विजेताहरूको छनोट गरी तिनका लागि आकर्षक पुरस्कारहरु प्रदान गरिने ब्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।

    एड टू कार्ट एण्ड विन अन्तर्गत, रु. १०,००० भन्दा बढी मूल्यका सामग्रीहरू आफ्नो कार्टमा राख्ने ग्राहकहरू मध्ये ५ जना भाग्यशाली विजेताहरुको  छनौट गरिनेछ । छनोटमा परेका भाग्यशाली विजेतालाईरु. ९,००० सम्मका उपहारहरू प्रदान गरिनेछ । त्यसैगरी, बाई एण्ड विनअन्तर्गत, कम्तीमा रु. ५,००० को सामग्री खरिद गर्ने ग्राहकहरू मध्ये १ जनाभाग्यमानी विजेतालाई रु. ५२,५०० बराबरको ग्लेन होम अप्लायन्सेस बन्डल प्रदान गरिने ब्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ ।

    ६.६ सेलमार्फत उपभोक्ताहरुले अझ बढी बचत गर्न सक्नुहोस् भन्ने सोचका साथ कम्पनीले आफ्ना उपभोक्ताहरु लाई  बेस्ट प्राइस ट्याग भएका उत्पादनहरु खोज्न नबिर्सनुहुन अनुरोध पनि गरेको छ । यसरी बेस्ट प्राइस ट्याग भएका उत्पादनहरु कुनै उपभोक्ताले नेपालकै अरु कुनै अनलाइन प्लेट फर्ममा सस्तो मूल्यमा फेलापार्नु भएमा र निर्धारित योग्यताको मापदण्ड पुरा गरेमा ती उपभोक्ताले दराजका तर्फबाट मूल्य अन्तरको दोब्बार रकम फिर्ता पाउन सकिने छ । यसका साथै, दराजले अनलाईन किनमेल अनुभवलाई अझ विश्वासिलो र झन्झटमुक्त बनाउने सोचका साथसजिलो र पारदर्शी १४ दिनको रिटर्न तथा रिफन्ड प्रक्रिया पनि उपलब्ध गराउँदै आइरहेको छ । 

    १४ दिनको रिटर्न तथा रिफन्ड पोलिसीको लाभ उठाउनका लागि उपभोक्ताले आफ्नो दराज एकाउन्टमा लग इन गर्नु पर्ने हुन्छ । त्यस पश्चात, रिटर्न / रिफन्ड बटन थिचेर रिटर्न प्रक्रिया सुरू गर्नुपर्दछ, फिर्ताको कारण उल्लेख गरी,  रिटर्न शिपमेन्ट टाइप चयन गर्नु पर्ने हुन्छ । लगतै, इच्छाइएको रिटर्न विकल्प चयन गरी रिटर्न तथा रिफन्डको अनुरोध गर्न सक्नु हुनेछ । यस प्रक्रियालाई सजिलो बनाउन दराजले ईन्स्ट्रक्शनल भिडियो पनि तयार पारी हेर्न र जानकारी लिनकालागि उपलब्ध गरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij