आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

कामना सेवा विकास बैंकद्वारा सरस्वती प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री तथा स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा सरस्वती प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री तथा स्कुल ब्याग वितरण

सजिलो पाना
बिहिवार, जेठ २२ २०८२
सजिलो पाना
बिहिवार, जेठ २२ २०८२
  • काठमाडौं ।  कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरस्वती प्राथमिक विद्यालय मेचीनगर, झापाका विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा स्कुल ब्याग वितरण गरेको छ ।

    कार्यक्रममा बैंकको इट्टाभट्टा शाखा प्रबन्धक निर्जर पौडेलले विद्यालयका प्रधानाध्यापक फूलमाया बुढाथोकीको उपस्थितिमा नर्सरीदेखि कक्षा ५ सम्म अध्ययनरत ४० जना विद्यार्थीहरूलाई सामग्री हस्तान्तरण गरे । 

    सो सामग्रीमा विद्यालय झोला, कापी, कलम, पेन्सिललगायत आवश्यक शैक्षिक सामग्रीहरू समावेश गरिएको थियो । 

    उक्त कार्यक्रममा बोल्दै प्रधानाध्यापक बुढाथोकीले मेचीनगर क्षेत्रका सामाजिक–आर्थिक रूपले पिछडिएको विद्यार्थीहरूको शैक्षिक पहुँचमा बैंकको सहयोगले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । उनले बैंकद्वारा गरिएको सहयोगले विद्यार्थीहरूको अध्ययनमा थप प्रेरणा मिल्ने पनि बताए । 

    उक्त कार्यक्रममा बैंकका कर्मचारीहरू, सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिती रहेको थियो । 

    यससँगै बैंकले आगामी दिनहरूमा समेत सरोकारवालाहरूको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका साक्षरता कार्यक्रमहरूलाई निरन्तरता दिने छ  ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij