काठमाडौं । आज २०८२ साल जेठ २३ गते शुक्रबार।
मेष : नोकरी वा पेशामा आफ्नो कुरालाई प्रभावशाली ढंगले राख्नमा असफलता मिल्नेछ। नयाँ कार्य थाल्नुभन्दा पहिलादेखि गरिएको कार्यलाई नै निरन्तरता दिने प्रयास गर्नुहोस्। आश्वासन बढाउनेहरूले झुक्याउन सक्नेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
वृष : दिन सामान्य राम्रो छ। थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ। व्यापारमा फाइदा हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। काममा जाँगर बढ्नेछ।
मिथुन : धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। आफ्नो कामको मूल्यांकन गर्न नसक्दा मन दुःखी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारको सम्पत्तिमा गरेको लगानी डुब्ने जोखिम छ।
कर्कट : दिन राम्रो छ। जग्गाको कारोबारबाट फाइदा हुनेछ। परिवारमा नयाँ सदस्यको आगमन हुने योग छ। साथीसँग सहकार्यमा गरेको व्यापारबाट फाइदा हुने दिन छ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ।
सिंह : कार्यक्षेत्रमा सकारात्मक ऊर्जाले दिनको सुरुवात गर्नुहोस्। नोकरी वा पेशामा चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ। घरेलु काममा हात हतियारको प्रयोग सावधानीपूर्बक गर्नुहोस्। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक १ रहेको छ।
कन्या : अरुको विवादले तपाईंलाई फाइदा हुनेछ। काममा परिवारको साथ मिल्नेछ। कामको बोझ घट्दै जाने देखिन्छ। धार्मिक व्यक्तिसँगको भेटले नयाँ योजना बनाउन सहयोग पुग्ने छ।
तुला : दिन राम्रो छ। सम्पत्ति खर्च भए पनि इज्जत र प्रतिष्ठामा बढुवा हुनेछ। शिक्षामा गरेको मिहिनेतको मूल्यांकन हुनेछ। विपक्षी साथीले प्रशंसा गर्नेछन्। परिवारमा रमाइलो घुमघामको योजना तय हुनेछ।
वृश्चिक : दिन सामान्य छ। खर्च बढ्ने भएकाले खर्च कटौती गर्नु उचित हुनेछ। गहिरो अध्ययनले व्यवहारमा निखारता आउने छ। विपक्षी साथीबाट सहयोगको संकेत मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
धनु : मनमा चिन्ता बढ्नेछ। उपलब्धि नहुने यात्रा हुनसक्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुने छ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुने योग छ। राजनीतिक क्षेत्रमा फाइदा हुनेछ।
मकर : फलफूल र कृषिको व्यापारमा फाइदा हुनेछ। साथीको साथ मिल्नेछ। महत्त्वपूर्ण कामको सुरुवात गर्ने दिन आएको छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ।
कुम्भ : सञ्चित धन खर्च हुनेछ। रोगलाई सानो भनेर हेप्ने बानीले थप जोखिम बढ्नसक्छ। खानपानमा विशेष ख्याल गर्नुपर्ने दिन छ। धार्मिक कार्यमा सहभागी हुनु उचित हुनेछ। सानो रकम भए पनि दान गर्दा फाइदा हुनेछ।
मीन : आँटेको कार्य समयमा सम्पादन गर्न सक्नुहुनेछ। घरपरिवारमा आफुभन्दा सानाको साथ र सहयोग मिल्नेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। साझेदारी व्यापारमा लाभ रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।




