आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

इन्ड्राइभको पहिलो आधिकारीक कार्यालय ललितपुरको कुपन्डोलमा

इन्ड्राइभको पहिलो आधिकारीक कार्यालय ललितपुरको कुपन्डोलमा

सजिलो पाना
शुक्रवार, जेठ २३ २०८२
सजिलो पाना
शुक्रवार, जेठ २३ २०८२
  • काठमाडौं । राइड सेयरिङ कम्पनी इनड्राइभले ललितपुरको कुपन्डोलमा आफ्नो आधिकारिक कार्यालय स्थापना गरेको छ । कम्पनीले शुक्रबार एक कार्यक्रमकाबीच कार्यालयको उद्घाटन गरेको हो ।

    कार्यालय उद्घाटन कार्यक्रममा पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको समेत सहभागिता थियो । कार्यालय उद्घाटन कार्यक्रममा पूर्व मन्त्री ज्वालाले राइड सेयरिङलाई थप व्यवस्थित र मर्यादित बनाउनुपर्ने धारणा राखे ।

    ‘राइड सेयरिङ तथा सम्पूर्ण सार्वजनिक यातायात व्यवस्था गर्न संघीय सरकारले नै यसमा काम गर्न आवश्यक छ । राइड सेयरिङलाई बन्द गर्ने अथवा रोक्ने किसिमको सोच राख्नुहुँदैन,’ उनले भने, ‘यसलाई सबैले प्रोत्साहन गर्न आवश्यक छ । नागरिकलाई आवतजावत गर्न सजिलो भएकाले राइड सेयरिङ कम्पनीहरुले आफ्नो सेवा अझ बढी विश्वसनीय बनाउनुपर्छ ।’

    उनले प्रयोगकर्ताका गुनासा सुनेर त्यसलाई समाधान गर्नेतर्फ कम्पनीहरुले ध्यान दिनुपर्ने बताए । इनड्राइभमा एपिएसीका क्षेत्रीय निर्देशक मार्क टोलीले नेपालमा आफ्नो कार्यालय खोल्न पाउँदा खुसी लागेको बताए ।

    उनले कार्यालयको सुरूआतसँगै इनड्राइभले अब चालकलाई प्रशिक्षण तथा राइडरहरूलाई सुरक्षा केन्द्रित सेवा प्रदान गर्ने पनि जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij