आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

होटल गरिमा लिमिटेड र एनआईएमबी एस क्यापिटलबीच सम्झौता

होटल गरिमा लिमिटेड र एनआईएमबी एस क्यापिटलबीच सम्झौता

सजिलो पाना
शनिवार, जेठ २४ २०८२
सजिलो पाना
शनिवार, जेठ २४ २०८२
  • काठमाडौं । कोशी प्रदेशको इटहरीस्थित पाँचतारे लक्जरी होटल सोल्टी वेस्टेन्ड इटहरीको स्वामित्व कम्पनी होटल गरिमा लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को तयारी गर्न एनआईएमबी एस क्यापिटल लिमिटेडसँग ‘रोडम्याप टु आईपीओ’ सम्झौतामा हस्ताक्षर गरेको छ।

    सम्झौता अन्तर्गत एनआईएमबी एस क्यापिटलले होटल गरिमा लिमिटेडलाई आईपीओ प्रक्रियाका सबै चरणमा रणनीतिक परामर्श, नियामक समन्वय, तथा संस्थागत व्यवस्थापन सुदृढीकरणमा सहयोग गर्नेछ।

    कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक विनोद पौडेल र एनआईएमबी एस क्यापिटलका डेपुटी सीईओ सचिन्द्र ढुंगानाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। राजधानी काठमाडौंमा आयोजित औपचारिक कार्यक्रममा यो सम्झौता सम्पन्न भएको हो।

    सम्झौता पछि बोल्दै प्रबन्ध निर्देशक पौडेलले होटल गरिमा लिमिटेडको पूँजी बजार प्रवेशका लागि यो सम्झौता "कोसेढुंगा" सावित हुने बताउँदै पारदर्शिता, व्यावसायिक उत्कृष्टता र लगानी विस्तारमार्फत आतिथ्य उद्योगमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाए।

    त्यस्तै, एनआईएमबी एस क्यापिटलका डेपुटी सीईओ ढुंगानाले कम्पनीलाई आवश्यक सम्पूर्ण प्राविधिक मार्गदर्शन र विशेषज्ञता उपलब्ध गराउँदै सहकार्य सफल बनाउने विश्वास व्यक्त गरे।

    होटल गरिमा लिमिटेडको यो कदमले कम्पनीको दिगो विकाससँगै नेपालका आम लगानीकर्तालाई आतिथ्य क्षेत्रमा आकर्षित गर्ने र विशेषगरी कोशी प्रदेशमा लगानी अवसरको प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij