काठमाडौं । सान्भी इनर्जी डेभलपमेन्ट लिमिटेडको आईपीओ बाँडफाँट जेठ २६ गते सोमबार हुने भएको छ।
कम्पनीको सेयरमा कुल २१ लाख ८ हजार २३२ जना आवेदकले करीब २ करोड ५८ लाख ९० हजार कित्ता माग गरेका छन्। यो माग निष्कासन भएको परिमाणभन्दा १०.७१ गुणा बढी हो।
गोलाप्रथाबाट हुने बाँडफाँटमा २ लाख ४१ हजार ५३० जना मात्रले सेयर प्राप्त गर्नेछन् भने बाँकी करिब १८ लाख ६६ हजार ७०२ जनाको हात खाली रहनेछ।
क्रम्पनीले गत जेठ ९ देखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्कासन गरेको थियो, जसको कुल रकम २४ करोड १५ लाख रुपैयाँ बराबर रहेको छ।




