आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

बैंकिङ प्रणालीबाट आज २० अर्ब तान्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट आज २० अर्ब तान्दै राष्ट्र बैंक

सजिलो पाना
आइतवार, जेठ २५ २०८२
सजिलो पाना
आइतवार, जेठ २५ २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार बैंकिङ प्रणालीबाट २० अर्ब निक्षेप तान्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत राष्ट्र बैंकले २० अर्ब निक्षेप खिच्न लागेको हो ।

    बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१/८२ सुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ । अहिले कुल निक्षेप ६९ खर्ब ४५ अर्ब माथि पुगेको छ । निक्षेप बढेको बढ्यै गर्दा अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागेको हो ।  

    ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ साउन ४ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । 

    बोलकबोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij