आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

नागढुंगा–नौबिसे सडक खण्ड पुनः ५ दिनका लागि बन्द

नागढुंगा–नौबिसे सडक खण्ड पुनः ५ दिनका लागि बन्द

सजिलो पाना
आइतवार, जेठ २५ २०८२
सजिलो पाना
आइतवार, जेठ २५ २०८२
  • काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत नागढुंगा–नौबिसे सडक खण्ड आगामी पाँच दिनका लागि पुनः बन्द हुने भएको छ । निर्माण कार्य अधुरो रहेकाले थप पाँच दिनका लागि सवारी सञ्चालनमा रोक लगाइएको ‘नागढुंगा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड)’ले जनाएको छ ।

    आयोजना अनुसार जेठ २६ गतेदेखि ३० गतेसम्म हरेक दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द रहनेछ ।

    सवारी साधन काठमाडौंबाट नौबिसे जानेहरूका लागि नागढुंगा चेकपोष्टमा, र नौबिसेबाट काठमाडौं फर्कनेका लागि खानीखोला बजारमा रोकिनेछ । रोकिएका सबै सवारी साधनलाई दिउँसो ३ बजेपछि मात्रै गन्तव्यतर्फ जान दिइने जानकारी दिइएको छ ।

    निर्माण अवधिमा दमकल, एम्बुलेन्स र सुरक्षासम्बन्धी सवारी साधन भने अवरुद्ध नहुने जनाइएको छ । साथै, उक्त अवधिमा सवारी चालकहरूलाई लेन अनुशासन पालना गर्न र जथाभाबी ओभरटेक नगर्न अनुरोध गरिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij