काठमाडौं । नेपालमा BMW गाडीको एकमात्र आधिकारिक आयातकर्ता तथा डिलर लक्ष्मी प्रिमियम मोटर्सले नयाँ BMW iX2 SAV (स्पोर्ट्स एक्टिभिटी भेइकल) भित्राएको छ। नयाँ BMW iX2 ले नेपालमा विद्युतीय सवारी र दिगो यात्राप्रति BMW को प्रतिबद्धता दर्शाउँछ। आकर्षक डिजाइन र स्मार्ट सिस्टमको संयोजन रहेको यस मोडलले नयाँ प्रविधि र दिगोपन रोज्ने ग्राहकहरुलाई उत्कृष्ट विकल्प प्रदान गर्दछ।
BMW ले आफ्नो इलेक्ट्रिक लाइनअप विस्तार गर्दै BMW iX2 eDrive20 सार्वजनिक गरेको हो। यस गाडीले अधिकतम १५० kW/२०४ hp (अस्थायी बुस्टसहित) पावर उत्पादन गर्छ भने यसको रेन्ज ४३० देखि ४७५ किलोमिटरसम्म (WLTP प्रारम्भिक अनुमान अनुसार) रहेको छ। कम उर्जा खपत (प्रति १०० किमी १७.२ देखि १५.४ kWh) र शून्य उत्सर्जन भएको यो गाडीले प्रिमियम कम्प्याक्ट SAV सेग्मेन्टमा उत्कृष्ट रोजाई प्रदान गर्दछ।




