काठमाडौं । टिकटकमा सर्वाधिक पछ्याइएका सोसल मिडिया स्टार खाबी लेमलाई अमेरिकाबाट देश निकाला गरिएको छ ।
प्लाटफर्ममा १६ करोड २० लाख फलोअर्स भएका यी स्टारलाई गत शुक्रबार नेभाडामा अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई)ले भिसाको म्यादभन्दा धेरै समय बसेको आरोपमा पक्राउ गर्यो ।
उनलाई आफ्नो मुलुक इटाली डिपोर्ट गरिएको अमेरिकी संचारमाध्यमले जनाएका छन् । ‘स्वेच्छिक प्रस्थान अनुमति’ गर्ने सर्तमा उनलाई रिहा गरिएको हो ।




