काठमाडौं । एमजी गाडीको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले नयाँ एमजी कमेट इभी नेपाली बजारमा सार्वजनिक गरेको छ ।
आधुनिक सहरी जीवनशैलीलाई मध्यनजर गरि डिजाइन गरिएको यो इलेक्ट्रिक गाडी भविष्यदर्शी डिजाइन, अत्याधुनिक प्रविधि, दिगो इञ्जिनियरिङ र उत्कृष्ट सुरक्षाको संयोजन रहेको कम्पनीले दाबी गरेको छ । जसको कम्प्याक्ट आकारमा पर्याप्त स्पेस पाउन सकिन्छ ।
‘एमजी बिको’ भित्र फराकिलो, बाहिर कम्प्याक्ट डिजाइन दर्शनबाट प्रेरित कमेट इभीमा चार सिट क्षमता छ । बाहिरी रूपमा सानो देखिए पनि भित्री हिस्सा पर्याप्त फराकिलो स्पेस छ ।
५०ः५० अनुपातमा स्प्लिट भएका पछाडिका सिटहरूले यात्राको आराम बढाउँदै दैनिक यात्रा, सहरी आवागमन र छोटो दूरीका यात्रालाई सहज बनाउने कम्पनीले जनाएको छ ।




