आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

पोखरामा दुई प्याराग्लाइडिङ्ग दुर्घटना, चार जनाको सकुशल उद्धार

पोखरामा दुई प्याराग्लाइडिङ्ग दुर्घटना, चार जनाको सकुशल उद्धार

सजिलो पाना
बुधवार, जेठ २८ २०८२
सजिलो पाना
बुधवार, जेठ २८ २०८२
  • पोखरा । पोखरामा प्याराग्लाईडिङ्ग ल्याडिङ्ग गर्ने क्रममा दुर्घटनामा परेका चार जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

    कास्की जिल्लाको पोखरा महानगरपालिका–१८ तोरेपानीबाट उडेको २ वटा प्याराग्लाईडिङ्ग ल्याडिङ्ग गर्ने क्रममा अनियन्त्रित भई फेवा तालको बीच भागमा खसेको थियो ।

    सो दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले उनीरुलाई दिउसो करीव ३ बजे सकुशल उद्धार गरेको हो ।

    उद्धार गरिएकाहरुमा भारतको बनारस घर बताउने ४१ वर्षिय अकलेस यादव र ३५ वर्षिय चन्दन कुमार पटेल तथा अग्नि प्याराग्लाईडिङ्गका पाईलट ३० वर्षिय मिलन शाह र ह्याप्पी फ्लाई प्याराग्लाईडिङ्गका पाईलट २८ वर्षिय विश्वास अधिकारी छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij