आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

स्मार्ट च्वाइस टेक्नोलोजिज र आईएमई हस्पिटालिटीबीच छुट सम्झौता

स्मार्ट च्वाइस टेक्नोलोजिज र आईएमई हस्पिटालिटीबीच छुट सम्झौता

सजिलो पाना
बुधवार, जेठ २८ २०८२
सजिलो पाना
बुधवार, जेठ २८ २०८२
  • काठमाडौं  । आईएमई हस्पिटालिटीका होटलहरूमा एससिटी युपीआई कार्ड प्रयोगकर्ताहरूलाई १५ प्रतिशतसम्म छुट दिइने भएको छ। स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र आईएमई हस्पिटालिटीबीच छुटका लागि सम्झौता भएको हो।

    सम्झौताअनुसार २०२५ जुन १ देखि डिसेम्बर ३१ सम्म काठमाडौंको लाजिम्पाटस्थित ‘होटेल ले हिमालय’ र ‘साके एन्ड फेंग’ तथा पोखराको ‘लेकसाइड रिट्रिट’ मा छुट सुविधा हुनेछ। छुट फुड एन्ड बेभरेज बिल र होटल रुमको शुल्कमा लागू हुनेछ।

    रुम शूल्कको छुट भने पिओएस मेसिनमा गरिएको कारोबारमा मात्र मान्य हुनेछ।

    एससिटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थामार्फत एससिटी युपीआई कार्ड जारी गर्दै आएको छ। छुट अफरमार्फत कार्डको प्रयोग बढाउने र नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको कम्पनीले जनाएको छ।

    एससिटी युपीआई कार्ड नभएका ग्राहकहरूले नजिकको बैंक वा वित्तीय संस्थामा गई सजिलै कार्ड प्राप्त गरी अफरमा सहभागी हुन सक्नेछन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij