आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

सिप्रदी ट्रेडिङ्ग प्रा.लिले इटहरीमा सार्वजनिक गर्यो टाटा योद्धा १.५टी

सिप्रदी ट्रेडिङ्ग प्रा.लिले इटहरीमा सार्वजनिक गर्यो टाटा योद्धा १.५टी

सजिलो पाना
बुधवार, जेठ २८ २०८२
सजिलो पाना
बुधवार, जेठ २८ २०८२
  • काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा योद्धा १.५टी को क्षेत्रीय लञ्च कार्यक्रम इटहरीमा सम्पन्न गरेको छ।

    कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघका उपाध्यक्ष राम स्वरूप शर्माले भने, ‘टाटाका गाडीहरू नेपालको भौगोलिक अवस्थाका लागि अत्यन्तै उपयुक्त छन्। टाटा योद्धा टिकाउ, किफायती र भरपर्दो सवारी हो। साथै बिक्रीपछिको सेवा पनि उत्कृष्ट रहेको छ।’

    कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघका सचिव अशोक जैन, सुनसरी कुखुरा व्यवसायी संघका अध्यक्ष मनोज कुँवर, प्रशोधित पानी उत्पादक संघका अध्यक्ष जितेन्द्र दाहाल, वितरक संघ, इटहरीका अध्यक्ष राजेश खनाल, मदिरा विक्रेता संघ, इटहरीका अध्यक्ष राजेन्द्र राईलगायतको उपस्थिती रहेको थियो।

    कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङ्ग प्रालिका वरिष्ठ महाप्रबन्धक अनुपमणि ढकालले भने, ‘सिर्जनशील प्रविधि, भरपर्दो गाडी र सशक्त सेवा सञ्जालको संयोजन नै सिप्रदी र टाटा योद्धाको विशेषता हो। हाम्रो उद्देश्य केवल गाडी बिक्रीमा सीमित छैन, हामी ग्राहकहरूसँगको विश्वास र दीर्घकालीन सम्बन्ध निर्माणमा केन्द्रित छौँ। टाटा योद्धा १.५टी जस्तो टिकाउ, शक्तिशाली र किफायती सवारी साधनले नेपाली व्यवसायीहरूलाई दैनिक सञ्चालनमा विश्वास र लाभ दुवै दिनेछ भन्ने हाम्रो दृढ विश्वास छ।’

    उनले थपे, ‘सिप्रदीले देशैभर फैलिएको आफ्नो सेवा तथा पार्ट्स नेटवर्कमार्फत ग्राहकहरूलाई सहज सेवा उपलब्ध गराउँदै आएको छ। हामी हाम्रा प्रत्येक ग्राहकको व्यवसायिक यात्रा सफल बनोस् भन्ने उद्देश्यले साथ दिन सधैँ तयार छौँ। आजको यो लञ्च कार्यक्रममार्फत हामी फेरि एकपटक प्रतिबद्ध हुँदैछौँ—सिप्रदी ग्राहकको भरोसायोग्य सहयात्री मात्र होइन, व्यवसायको प्रगतिको साझेदार हो।’

    टाटा योद्धा १.५ का प्रमुख विशेषताहरूमा शक्तिशाली ३एल (२९५६सीसी) डीजल इन्जिन – २५० एनएम टर्क सहित, १५०० किलोग्राम (१.५ टन) सम्मको भार वहन क्षमता, ३० प्रतिशत ग्रेडिएबिलिटी -अप्ठ्यारा बाटाहरू सहज पार गर्न सक्षम, मजबुत बनावट, उच्च ग्राउन्ड क्लियरेन्स र आरामदायी ड्राइभिङ्ग अनुभव तथा ४ गुणा २ तथा ४गुणा ४ विकल्पमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

    सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा योद्धा १.५ मार्फत व्यवसायिक प्रयोजनका लागि अझ सक्षम, टिकाउ र लागत-प्रभावी समाधान प्रदान गर्ने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij