सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

एनएमबि बैंक लि.द्धारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंक लि.द्धारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

सजिलो पाना
सोमवार, आषाढ २ २०८२
सजिलो पाना
सोमवार, आषाढ २ २०८२
  • काठमाडौं । एनएमबि बैंक लि. तथा काङ हाइड्रोपावर कम्पनी लि. बीच १७.८५ मेगावाट क्षमताको ताप्लेजुङ्ग जिल्ला, मैवाखोला तथा मेरिङदेन गाउँपालिकामा अवस्थित माथिल्लो मैवा खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ ।

    एनएमबि बैंक लि.को तर्फबाट श्री दिनेश दुलाल - चिफ, सस्टेनेबल ईनर्जी बैंकिङ्ग तथा काङ हाइड्रोपावर कम्पनी लि. को तर्फबाट प्रबन्ध निर्देशक श्री गणेश प्रसाद सुब्बाले ऋण सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। 

    हस्ताक्षर पश्चात एनएमबि बैंक लि. का प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द घिमिरे, तथा कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक श्री गणेश प्रसाद सुब्बाले ऋण सम्झौता पत्र आदान प्रदान गरे । सोही कार्यक्रममा एनएमबि बैंक लि.का प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द घिमिरेले आयोजना निर्धारित लागत तथा तोकिएको समय सिमा भित्र सकाउन र आयोजना निर्माण गर्दा प्राविधिक पक्ष, वातावरणीय तथा पर्यावरणीय पक्षलाई ध्यानमा राखि सोको उचित समाधान पहिचान गरी अगाडि बढ्न पनि कम्पनीलाई आग्रह गरे।

    श्री गणेश प्रसाद सुब्बाले एनएमबि बैंक लि.लाई धन्यवाद ज्ञापन गर्नुका साथै माथिल्लो मैवा खोला जलविद्युत आयोजना निर्धारित लागत तथा समयसिमामा सम्पन्न गर्ने प्रतिवद्धता समेत जाहेर गरी कार्यक्रमको समापन गरे। 

    एनएमबि बैंक लि.ले हालसम्म ५० वटा भन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।  नेपाल राष्ट्र बैंकबाट जारी Environmental and Social Risk Management, 2022 को निर्देशन अनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति (Environmental and Social Policy) तयार पारी सो बमोजिम आयोजनाको पर्यावरण तथा सामाजिक जोखिम व्यवस्थापन गर्नको लागि बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली(Environmental and Social Management System) लागु गरिसकेको छ । 
     

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij