सोमवार, भाद्र १ गते २०८३    

सोमवार, भाद्र १ गते २०८३    

आईएमई पे र खल्तीको मर्जरलाई राष्ट्र बैंकले दियो स्वीकृति

आईएमई पे र खल्तीको मर्जरलाई राष्ट्र बैंकले दियो स्वीकृति

सजिलो पाना
बिहिवार, आषाढ ५ २०८२
सजिलो पाना
बिहिवार, आषाढ ५ २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आईएमई पे र खल्तीको मर्जरका लागि स्वीकृति दिएको छ । दुवै भुक्तानी सेवा प्रदायकलाई एक बनाउने गरी राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको हो ।

    राष्ट्र बैंकले बैंक वित्तीय संस्था तथा बिमा कम्पनीहरूलाई गाभ्ने गाभिने, प्राप्त गर्नेदेखि मर्जर एक्विजिसनमा सहजीकरणनै गर्दै आएको छ ।

    ठूला बैंक वित्तीय संस्था जोडिएकै लहरमा भुक्तानी सेवा प्रदायक समेत एक भएका हुन् । उनीहरूले यस्तो ऐतिहासिक कदम अघि सारेसँगै अब नामाकरण के हुने भन्ने पनि बजारमा कौतुहलता थियो ।

    आईएमई पे र खल्तीको मर्जरबाट स्थापित नयाँ कम्पनी आईएमई खल्ती लिमिटेड बनेको छ । लामो प्रतिक्षापछि सफल भएको मर्जरले आफ्नो आईएमई खल्ती लिमिटेडको कार्यालय राजधानीस्थित पानीपोखरीमा रहने जनाएको छ भने एपको नाम खल्ती हुने बताइएको छ ।

    सोही मर्जरले अब कम्पनीलाई नयाँ रणनीति लिन तथा थप सबल बनाउन मदत पुग्ने विश्वास समेत व्यक्त गरिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij