आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

सिटिजन्स बैंकको १८औं वार्षिकोत्सवको अवसरमा आकर्षक छुट

सिटिजन्स बैंकको १८औं वार्षिकोत्सवको अवसरमा आकर्षक छुट

सजिलो पाना
सोमवार, बैशाख १ २०८२
सजिलो पाना
सोमवार, बैशाख १ २०८२
  • काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको उपलक्ष्यमा डिजिटल बैंकिङ कारोबारमा आकर्षक छुट योजना सार्वजनिक गरेको छ ।

    वैशाख ७ गतेको वार्षिकोत्सवलाई मध्यनजर गर्दै बैंकले यही वैशाख १ देखि ३१ गतेसम्म १ महिनाको लागि विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्याकलगायतका योजना सार्वजनिक गरेको हो ।

    सो योजनाअन्तर्गत डेबिट कार्ड प्रयोगकर्ताले पहिलोपटक (POS) मेसिन वा अनलाइनमार्फत १ हजार वा बढीको कारोबार गर्दा १८ प्रतिशत वा बढीमा १८० क्यास ब्याक दिइने बैंकले जनाएको छ ।

    त्यस्तै QR Code स्क्यान गरी भुक्तानी गर्ने ग्राहकका लागि ५ सय वा बढीको कारोबार गर्दा १८ प्रतिशत वा बढीमा १८० क्यास ब्याक प्रदान गरिनेछ । साथै Fonepay Merchan ले आफ्नो व्यवसायिक कारोवार रकम QR मार्फत् प्राप्त गर्दा प्रत्येक दिन एकजना Merchant लाई १८ सयसम्म क्यासब्याक प्राप्त हुनेछ ।
     
    बैंकले योजना अवधिभर ई-कम कार्ड लिई पहिलो पटक Top Up गर्दा शुल्क नलाग्ने, निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था, स्मार्ट बचत खाता खोली पहिलो पटक मोबाईल बैंकिङमार्फत् मोबाइलमा रिचार्ज गर्दा १५ प्रतिशत वा बढीमा ५० क्यासब्याक उपलब्ध पाउनु हुनेछ । साथै बैंकको एक मोबाइल बैंकिङ्ग ग्राहकलाई निःशुल्क माउन्टेन फ्लाईट टिकट प्राप्त हुनेछ ।

    वार्षिकोत्सवकै उपलक्ष्यमा वैशाख महिनाभर भर्चुअल क्रेडिट कार्ड जारी गर्दा पहिलो वर्षको जारी शुल्कमा पनि ५० प्रतिशत छुटको व्यवस्था रहेको छ । डिजिटल कारोबारमा प्रदान गरिने यस्ता आकर्षक छुट योजनाले आम सर्वसाधारणहरू नगदरहित कारोबारमा अभ्यस्त हुने र समग्र डिजिटल बैंकिङलाई वढवा मिल्ने बैंकले विश्वास जनाएको छ ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij